मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

मुम्बईको सुकुम्बासी बस्तीका ५० महिलाले पाए राहत

मिलन परियार धनगढी, १२ बैशाख : भारतको मुम्बईस्थित तुर्बे नाबीको सुकुम्बासी बस्तीमा राहत वितरण गरिएको छ । सुकुम्बासी बस्तीका ५० जना प्रवासी नेपाली र बंगाली उपेक्षित,अपहेलित महिलाहरुलाई राहत स्वरुप खाधान्न वितरण गरिएको हो । 40 रिजन्स टु स्माईल नामक गैरसरकारी संस्थाकी संस्थापक रिमा शाहले राहत उपलब्ध गराउनु भएको हो ।

लकडाउनका कारण रोजगारी गुमेपछि महिलाहरु निकै समस्यामा परेको मुम्बईस्थित केकेआर रोड तुर्बे नाबिमा रहेको मन्ना प्रार्थना घरका पाष्टर अभय शर्माले बाँकेको नेपालगंज बस्ने सामाजिक अभियन्ता केशव नेपालीलाई जानकारी गराएका थिए ।

प्राप्त जानकारी अनुसार उनले अछाम जिल्ला घर भई हाल मुम्बईबाट प्रकाशित नेपाली ग्लोबल मंचका सम्पादक तथा नेशनल ईन्डिया न्यूजका मुम्बई समाचारदाता प्रेमसिंह जनालालाई समस्या बारे जानकारि गराएपछि राहतको श्रोत जुटेको थियो ।

पाष्टर शर्मा,नेशनल ईन्डिया न्यूजका निर्देशक जाहिद एम सेख,सम्पादक जनाला र संचारकर्मी विपिन भण्डारीको संयुक्त पहलमा  राहत बितरण गरिएको बताइएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE