आइतवार, मंसिर १४, २०७७
Sunday, November 29, 2020

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसनले ग¥यो स्वचालित सेनीटाईजेशन सहयोग

धनगढी, १२ बैशाख : विश्वरभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नेपालमा पनि दिन प्रतिदिन संक्रमणदर बृद्धि हुन थालेपछि प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन (पिन) सूदुरपश्चिमले शुक्रबार धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई स्वचालित सेनिटाईजेसन टनेल सहयोग गरेको छ ।

स्वचालित सेनिटाईजेसन टनेल पिन सूदुरपश्चिम प्रदेशका अध्यक्ष जोशीले सेती प्रादेसिक अस्पताल व्यवस्थापन समिति अध्यक्ष दुर्गा जोशीलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री एवं प्रदेश सांसद दिर्घ सोडारी, अस्पताल व्यवस्थापन समिति सदस्य मनोज राई, अस्पतालका मेडिकल सुपरटेन्डेन्ट डा.हेमराज पाण्डे, पिन सूदुरपश्चिम प्रदेश अध्यक्ष गोकुलदेव जोशी,सचिव दिनेश बोहरा, कोषाध्यक्ष नारद जोशी, कार्यसमिति सदस्य भान सिंह धामी,होमराज तिमिल्सिना, हरेन्द्र चटौत, रोवोटिक्स एशोसिएसन नेपाल, सुदूरपश्चिम प्रदेश अध्यक्ष अनिल पाण्डे सहित पिनका सदस्यहरुको उपस्थिति रहेको थियो।

टनेलको शुभारम्भ गर्दै पूर्व मन्त्री सोडारीले टनेलको प्रयोगले अस्पतालमा कोरोना भाइरसबाट हुने संक्रमणको जोखिम कम गर्न मद्धत पुग्ने बताए । टनेल बुझ्ने क्रममा अस्पतालका अध्यक्ष जोशीले दैनिक सेवा प्रदान गर्न चिकित्सकहरुलाई आत्मबल बृछि हुने बताए ।

अस्पतालमा आजै जडान गरिएको टनेलले स्वचालित रूपमा काम गर्दछ । कुनै ब्यक्ती टनेलभित्र पस्ने बित्तिकै स्वचालित रूपमा सेनिटाइजर स्प्रे हुन्छ । उक्त टनेल स्थानीय स्रोत साधनको प्रयोग गरि निर्माण गरिएको र यस्मा करीब ४ सेकेन्डभित्र पुरै शरिरमा सेनिटाईज हुने पिनका अध्यक्ष जोशीले बताए ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE