बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

भक्तपुर बोडेका २२ घरपरिवारले पाए राहत

धनगढी, १३ बैशाख : विश्वव्यापी महामारीका रुपमा फैलिएको (कोभिड-१९) को सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण प्रत्यक्ष प्रभावित भएका भक्तपुर बोडेका विपन्न परिवारलाई राहत वितरण गरिएको छ । लकडाउन कारण प्रत्यक्ष प्रभावित बोडेका २२ घर परिवारलाई राहत वितरण गरिएको हो ।

दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा चलाउने बोडेका मजदुरहरु खाद्यान्न अभाबले भोकभोकै बस्नु परेको जानकारी प्राप्त भएपछि सहयोगका लागि अनुरोध गरेपछि थापाथली भ्याली चर्चका पास्टर बेन्जामिन सुब्बाले १५ हजार रुपैयाँ र समाजसेवी मुना गुइदेलले १० हजार सहयोग गरेको सामाजियक अभियन्ता दलमर्दन कामीले जानकारी गराए ।

सुव्वा र गुईदेलबाट प्राप्त २५ हजार सहयोग रकमले आज बोडे बस्तीमै गएर चामल,दाल,तेल,नुन लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको हो । शिल्पी बिशेष प्रदेश कमिटिका अध्यक्ष एवं सामाजिक अभियन्ता दल मर्दन कामीले खाद्यान्न बितरण गरेका हुन् ।
फोटो दलमर्दन कामीको फेसवुक वालबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE