मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

लकडाउनमा थारु महिलाको दैनीकी (फोटो फिचर)

मिलन परियार धनगढी, १३ बैशाख : हिउँदेबाली गहुँ थन्क्याएर यतिखेर फुसर्दिला कैलालीका थारू महिला नदी,खोला,ताल र पोखरीमा माछा मार्दै गरेको भेटिने गरेका छन् । यस क्षेत्रमा बसोबास गर्ने थारु समुदायको माछा मार्ने पुरानो चलन हो । माछा थारु समुदायको एक बिशेष परिकार पनि हो ।

पोखरीमा पालिएका र बजारमा बेच्न राखिएका माछाभन्दा थारु समुदाय नदी, खोला, नाला र तलाउमा पाइने स्थानीय जातका माछा खान बढी रुचाउँछन् । माछा मार्न सबेरै निष्कने महिलाहरु माछा लगेर मात्रै घर फर्कने गर्दछन् ।

सुकाएर सिदरा (माछाको सुकुटी) बनाउनका लागि फुर्सदका बेला माछा मार्ने थारु महिलाहरु बताउँछन् । उनीहरुका अनुसार सिदरा माछा चटनीका रुपमा प्रयोग गरिन्छ ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE