बुधबार, मंसिर १०, २०७७
Wednesday, November 25, 2020

नेपाली समाज, ‘स्टकहोम सिन्ड्रोम’ र विकृत राजनीति : प्रकाशचन्द्र परियार

काठमाडौं, १३ बैशाख : साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले टीकाराम यात्रीसंगको एउटा अन्तर्वार्ताको क्रममा पहिलो पटक नेपाली समाजको एउटा जवरजस्त मनोविज्ञानलाई चित्रण गर्दै ‘स्टकहोम सिन्ड्रोम’ को सार्वजनिक उठान गर्नु भएको थियो । यो सिन्ड्रोम नेपालमा विस्तारै सल्किदै गएको मात्रै छैन भाईरसकै रुपमा फैलदै छ, यो मुलुकका लागि खतरनाक संकेत हो । जसको पछिल्लो अभ्यास साह्रै निकृष्ट रुपमा गरियो ।

प्रहरी संगठनको निवर्तमान प्रमुख अपराधी संरक्षक पृष्ठभूमिका नेतासंग साँठगाँठ गरेर पार्टी फुटाउने ‘मतियार’को रुपमा उदाउँदै नियुक्ति नभेटे राजनीतिमा आउन चाहनु सामान्य होईन ।

पचासको दशकमा नेपाली राजनीतिमा जुन विकृति,विसंगति र फोहोरी अभ्यास भित्र्याईयो त्यसले लोकतन्त्रकै हुर्मत लिने सम्मका सवै प्रयासलाई सजिलो वनाईदियो ।

संसदमा लार्क्याल लामा, दिपक मनांगे देखि अकुत सम्पति तिरेर व्यापारी, कालोवजारिया, सुदखोर, कालो धन्दाका ठेकेदारहरुको सरल प्रवेश जुन राजनीतिमा पछिल्लो समय विकृतिको रुपमा छताछुल्ल छ यसवाट तत्काल मुक्ति पाउने छनक देखिदैन । यो तमासा हेरेर विष्णु विष्णु भनेर छुट छैन, मन पनि मत पनि वदल्नु अत्यावश्यक वन्दैछ ।

के हो स्टकहोम सिन्ड्रोम : पत्रकार अच्युत कोईरालाले टिप्पणी गरिदै लेखेका छन कुनै अपहरणकारी वा अपराधीसँग जब कोही वाध्यात्मक, परिवन्धमा वा स्वइच्छामा प्रेममा पर्छ र उसलाई विस्तारै चाहन थाल्छ, यस्तो मनोविज्ञानलाई स्टकहोम सिन्ड्रोम भनी चिनिन्छ ।

नेपालीहरूलाई यही सिन्ड्रोम छ, जो अपराधी हो भन्ने थाहा हुँदाहुँदै पनि हामी उसलाई भगवान् र मुक्तिदाता हो भन्ने ठान्न थाल्छौँ, हामी सद्दे हुनै सक्दैनौं । हामीलाई त्यही सिन्ड्रोमले गाँजेको छ ।

जसले डनगिरी गरिरहेको थाहा पाँउदा पाँउदै पनि उसैलाई सहयोग गर्दै उसैको पिठ्ठु वन्न राजीखुशी हुन्छ तपाई हाम्रो वोली विक्ने कुरा गाह्रो वन्दै जान्छ ।

राजनीतिस् जव फोहोरी राजनीति हुँदै दलाल राजनीतिमा रुपान्तरण हुन्छ तव सुसंस्कृत राजनीतिको जवरजस्त उदयमा सवैको साथ, सहयोग र समर्थन राष्ट्रिय आवश्यकता वन्दै आईरहेकोछ – जय सुसंस्कृत राजनीति समतामूलक संवृद्धि अभियान।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE