आइतवार, मंसिर १४, २०७७
Sunday, November 29, 2020

डोटीमा दलित महिलाको रहस्यमय हत्या

डोटी, १३ वैशाख : डोटीको शिखर नगरपालिका–८ गोपघाटमा एक दलित महिलाको रहस्यमय ढंगले हत्या भएको छ । शुक्रबार बिहान करिब ४ बजेतिर आक्रमणमा परी गम्भीर घाइते भएकी उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको छ ।

प्रहरीका अनुसार राजुका श्रीमान् कृष्ण दमाईले प्रहरीलाई श्रीमतीमाथी अज्ञात व्यक्तिले आक्रमण गरेको बताएका छन् । बिहान ४ बजे म शौचालय गएका बेला श्रीमतीमाथि आक्रमण भएको तर आक्रमण कसले गर्यो भन्नेबारे आफूलाई थाहा नभएको कृष्णले बताएका छन् ।

श्रीमानसंग रातिसँगै सुतेकी राजु घाँटी र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा बिहानपख फेला परेकी थिइन् ।

त्यसपछि उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएको थियो । अस्पताल पु‍र्‍याएको केहीबेरमै उनको मृत्यु भएको तिलताली प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक नरेन्द्र टमटाले जानकारी दिए ।

डडेल्धुरा अस्पतालमै पोष्टमार्टम गरेर शनिवार दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । उनले घटनास्थलमा कुनै हतियार पनि फेला नपरेको बताए ।

हत्या अनुसन्धानका लागि श्रीमान् कृष्ण दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको बोहराले जानकारी दिए । मृतकका दुई छोरा र एक छोरी छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE