बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

मुम्बईमा प्रवासी नेपालीले पाए राहत

मिलन परियार धनगढी, १४ बैशाख : मुम्बईको ऐरोलीस्थित साईनगर बस्ने प्रवासी नेपालीले शनिबार राहत पाएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोक्न भारत सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका पाँच घर परिवारले राहत स्वरुप खाधान्न पाएका हुन् ।

एक महिनादेखी जारी लकडाउनका कारण समस्यामा परेको जानकारी प्राप्त भएपछि पाँच घर परिवारलाई राहत वितरण गरिएको नेपाली ग्लोबल मंचका सम्पादक प्रेमसिंह जनालाले कट्‍‍वाल डटकमलाई जानकारी गराए ।

प्रतिपरिवारले ५ केजी चामल, २ केजी दाल, १ लिटर तेल,१ केजी चिनि र नून लगायतका दैनिक उपभोग्यबस्तुहरु राहात स्वरुप प्राप्त गरेका छन् । महाराष्ट्रस्थित नेपाली बिजेपि सेलका अध्यक्ष धिरेन्द्र टमट्टा र प्रवासस्थित नेपाल दलित संघका केन्द्रीय महासचिव समेत रहेका जनालाले राहत सहयोग गरेका थिए ।

फोटो टंक लभ्ली बुढाको फेसबुकबालबाट प्राप्त गरिएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE