शुक्रबार, मंसिर १२, २०७७
Friday, November 27, 2020

सुदूरपश्चिमेली नेपाली दलित एकता समाजले दियो प्रवासी नेपाली राहत

धनगढी, १६ बैशाख : कोरोना भाईरस (कोभिड-१९) का कारण छिमेकी देश भारतमा मृत्यु हुनेको संख्या ९३४ पुगेको छ । २९४३५ जना संक्रमित छन् । ६८५९ जनालाई निको भएको छ । तमिलनाडु राज्यमा मात्र २४ जनाको मृत्यु भइ सकेको छ भने १८८५ जना संक्रमित छन् ।

त्यसैगरी मध्यप्रदेशमा १०६ जना उत्तरप्रदेशमा ३१ जना,दिल्लीमा ५४ जना,राजस्थानमा ४१ जना,महाराष्ट्र राज्यमा ३४२ जना,आन्ध्र प्रदेशमा ३१ जना,तेलगंना प्रदेशमा २६ जना र गुजरातमा १५१ जनाको मृत्यु भइ सकेको छ ।

मध्यप्रदेशमा २१६८ जना उत्तरप्रदेशमा १९५५ जना,दिल्लीमा २९१८ जना,राजस्थानमा २१८५ जना, तमिलनाडुमा १८८५ जना,आन्ध्र प्रदेशमा ११७७ जना,तेलगंनामा १००२ जना र गुजरातमा ३३०१ जना संक्रमित छन् ।

कोभिड-१९ नियन्त्रण गर्न एक महिनादेखी जारी लकडाउन भारत सरकारले आगामी महिना मे ३ सम्म थप गरेपछि रोजगारीका क्रममा भारतमा बस्ने प्रवासी नेपालीहरु निकै ठूलो समस्यामा परेका छन् ।

रोजगारी गुमेपछि समस्यामा परेका प्रवासी नेपालीको उद्धार र राहतका लागि तमिलनाडु राज्यस्थित सुदुरपश्चिमेली नेपाली दलित एकता समाजले कोरोना राहत कोष स्थापना गरि अलपत्र नेपालीहरुलाई राहत बितरण अभियान शुरु गरेको छ । सोही अभियान अन्र्तगत तमिलनाडु राज्यका बिभिन्न ठाउमा बस्ने नेपाली परिवारलाई राहत वितरण गरेको छ ।

बझांगको बुङगल नगरपालिका वडा नं.३ घर भई हाल विल्लिपुरम चेन्नइ बस्ने रमेश बिक र गोपाल बिक,डोटी सायल गाउँपालिका वडा नं.१ घर भई हाल चेन्नइ कोडमबाकम होटलमा काम गर्ने बाजि भुल र उनका ३ जना भाइहरु,डोटी आदर्श गाउँपालिका बाज घर भई हाल पावरहाउस कोडमबाकम बस्ने रनि बिक र धनराज बिकको परिवारलाई राहत स्वरुप खाधान्न वितरण गरिएको छ ।

त्यसैगरी डोटी आदर्श गाउँपालिका वडा नं ८ पिड घर भई हाल प्रशुबाकम बस्ने किसन सिलालको परिवारलाई राहात वितरण गरिएको सुदुरपश्चिमेली नेपाली दलित एकता समाज भारत तमिलनाडु राज्य कमिटि सचिव खेम भुलले कट्‍‍वाल डटकमलाई बताए ।

सचिव खेम भुलका अनुसार यस अघि गत ८ र ९ गते ११ घर परिवारलाई राहत वितरण गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE