सोमवार, मंसिर ८, २०७७
Monday, November 23, 2020

सिएसएसडीद्धारा स्थानीय सरकारलाई १० लाखको सुरक्षा सामाग्री सहयोग

धनगढी, १७ बैशाख : विश्वभर महाब्याधीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण विश्वभर २ लाख १६ हजार ९ सय ३० जनाको मृत्यु भई सकेको छ । ३१ लाख १३ हजार ४ सय ४७ जना संक्रमित छन् । ९ लाख २५ हजार ७ सय ३० जना निको भएका छन् ।

छिमेकी देश भारतमा मृत्यु हुनेको संख्या ९३७ पुगेको छ । २९९७४ जना संक्रमित छन् । ७०२७ जनालाई निको भएको छ । कैलालीको सिमानासंग जोडिएको छिमेकी राज्य उत्तरप्रदेशमा मात्र ३१ जनाको मृत्यु भई सकेको भने २०४३ जना संक्रमित छन् ।

त्यसैगरी मध्यप्रदेशमा १०६ जना,तमिलनाडु राज्यमा २४ जना,दिल्लीमा ५४ जना,राजस्थानमा ४१ जना,महाराष्ट्र राज्यमा ३४२ जना,आन्ध्र प्रदेशमा ३१ जना,तेलगंना प्रदेशमा २६ जना र गुजरातमा १५१ जनाको मृत्यु भइ सकेको छ ।

मध्यप्रदेशमा २१६८ जना,तमिलनाडुमा १९३७ जना,दिल्लीमा २९१८ जना,राजस्थानमा २१८५ जना, तमिलनाडुमा १८८५ जना,आन्ध्र प्रदेशमा ११७७ जना,तेलगंनामा १००२ जना र गुजरातमा ३३०१ जना संक्रमित छन् ।

नेपालमा पनि संक्रमित हुनेहरुको संख्या प्रत्येक दिन थपिदै गएको छ । हालसम्म नेपालमा ५४ जनामा संक्रमण देखिएको छ । १६ जना निको भएर घर फर्किएका छन् । दिनानु दिन संक्रमितको संख्या बढ्न थालेपछि ३६ दिनदेखी जारी लकडाउन अबधी बैशाख २५ गतेसम्म थपिएको छ ।

यसैलाई मध्यनजर गर्दै कोरोना भाईरस कोभिड १९ संक्रमण रोकथाममा तथा व्यवस्थापनका लागि सामाजिक विकासका लागि सचेत समाज (सिएसएसडी) ले कैलालीका पाँच स्थानीय सरकारलाई सुरक्षा सामाग्री प्रदान गरेको छ ।

सिएसएसडीले बालकल्याण संघ, दिगो बिकास र वल्र्डभिजन नेपालको सहयोगमा सुरक्षा सामाग्री प्रदान गरेको हो । क्वारेन्टाईन व्यवस्थापनका लागी भजनी नगरपालिका, टिकापुर नगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरण गरिएको सुरक्षा सामाग्रीहरुमा ३६ वडा सेनेटाईजर, १३१ साबुन, ३ वटा जग, ३ वटा बाटा, ४० ओटा त्रिपाल, ३ वटा रसी, २० वटा मन्छरदानी झुल, २० वटा बल्यान्केट, ३ वटा पिफम र ५ वटा पिपिए र ८ क्वीन्टल चामल हस्तान्तरण गरिएको सामजिक परिचालक मिना चौधरीले जानकारी दिनुभयो।

प्रत्येक स्थानीय सरकारलाई २ लाख ८ हजार रुपैयाँ बराबरको १० लाख ४० हजार बराबरको सामाग्रीहरु हस्तान्तरण गरिएको सिएसएसडीका विपद् जोखिम न्यूनिकरण परियोजना अधिकृत क्रिम चौधरीले बताए । परियोजना अधिकृत चौधरीका अनुसार स्थानीय सरकारलाई प्रदान गरिएको सामग्रीहरु कोरोना संक्रमणको सभावित खतराबाट जोगाउन सहयोग पुग्ने उद्धेश्यले प्रदान गरिएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE