सोमवार, मंसिर ८, २०७७
Monday, November 23, 2020

जातिय विभेद् विरुद्ध समता फाउण्डेशनले थाल्यो निःशुल्क कानूनी परामर्श

काठमाडौं, २० बैशाख : समता फाउण्डेशनले जातिय विभेद तथा छुवाछूत सम्बन्धि निशुल्क कानूनी परामर्श दिने भएको छ । कोरोना संकटको समयमा राहत वितरण प्रक्रियामा जातीय छुवाछूत लगायतका विभेदजन्य कार्य भइरहेकाले समस्यामा परेकालाई निशुल्क कानूनी परामर्श दिन लागिएको हो ।

महाव्याधिले महाव्याधिले कुनै वर्ग, जात र धर्म हेर्दैन । यस्तो सङकटको समयमा पनि विभिन्न स्थानमा भइरहेको राहत वितरण प्रक्रियामा जातिय छुवाछूत लगायतका विभेदजन्य कार्य भएको तथ्य समेत सार्वजनिक भइरहेका छन् ।

त्यसैले मानवअधिकार उल्लङ्घनको यस्तो निकृष्ट व्यवहार नदोहोरियोस् भन्ने सुनिश्चित गर्न निःशुल्क कानूनी परामर्शको व्यवस्था गरेको छ, समता फाउडेशनले जाति गरेको विज्ञप्तिमा उल्लेख छ ।

घरपरिवार, छरछिमेक वा गाउँटोलमा कुनै पनि प्रकारको जातिय छुवाछूत तथा विभेदजन्य कार्य भए कानूनी उपचार तथा आवश्यक कानूनी परामर्शका लागि फाउण्डेशनका कानूनी सल्लाहकार अधिवक्ता प्रकाश नेपालीलाई ९८४१३५२३८१ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE