बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

थुनामा रहेका युवालाई विना सर्त रिहाईको माग गर्दै युवा संघले दियो चेतावनी

डोटी, २४ बैशाख : राष्ट्रिय युवा संघ,नेपाल डोटीले केआईसिंह गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । युवा संघका डोटी संयोजक गोविन्द खड्काले गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीलाई मंगलबार ज्ञापन पत्र बुझाएका हुन् ।

बैशाख १७ गते गाउँपालिकाले राहत वितरण गर्ने क्रममा स्थानीयहरुले राहत वितरणमा अनियमितता गरेको भन्दै विवाद उत्पन्न भएपछि वडा अध्यक्ष र स्थानीयहरुबिच झडप भएको थियो । झडपमा पत्रकार लोक कार्की र स्थानीय युवा मोहन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका दुवै जनालाई पुर्वाग्रही ढंगले मुद्धा चलाएको भन्दै युवा संघले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको युवा संघ डोटीका संयोजक गोविन्द खड्काले बताए । उनले पत्रकार लोक कार्की र स्थानीय मोहन कार्कीलाई गाउँपालिकाले झुट्ठा मुद्धा लगाएर प्रहरी हिरासतमा राखेको आरोप लगाएका छन् ।

संयोजक खड्काले राहत वितरणमा सामान्य भनाभन हुदा ४ नम्बर वडा अध्यक्ष जय बहादुर धामी र प्रहरीलेनै पत्रकार कार्की र अर्का युवामाथि लाठी प्रहार गरेको बताए । संयोजक खड्काले दुवै युवाहरुलाई विना सर्त रिहाइ गर्न ज्ञापन पत्रमा माग गरेका छन् ।

राष्ट्रिय युवा संघ, डोटीले राहत वितरणमा वडाले गरेको अनियमिततालाई सच्याई वास्तविक दैनिक ज्यालादारी गरी खाने गरिब,मजदुर परिवारलाई सर्वदलिय, सर्वपक्षिय बैठक मार्फत राहत वितरण गर्न पनि जोडदार माग गरेको छ । साथै युवा संघले गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरुको खानपान र वसोवासमा उचित व्यवस्थापन गर्न पनि माग गरेको छ ।

पत्रकार कार्की र अर्का युवालाई विना सर्त रिहाई नगरे र गाउँपालिकाले सर्वदलिय, सर्वपक्षिय बैठक मार्फत राहत वितरण नगरे युवा संघ डोटीले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE