शुक्रबार, मंसिर १२, २०७७
Friday, November 27, 2020

सरस्वतीनगरमा राहत वितरण

निर्मल रैका धनगढी, २७ बैशाख : धनगढी उपमहानगरपालिका वडा नं.२ सरस्वतीनगरमा राहत बितरण गरिएको छ । डेढ महिनादेखी जारी लकडाउनका कारण समस्या परेका गरिब,विपन्न वडाबासीहरुलाई दोस्रो चरणको राहत बितरण गरिएको हो ।

विश्वभर माहाव्याधीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण नेपालमा पनि थपिदै गएपछि सरकारले लकडाउन अबधी जेठ ५ गतेसम्मका लागी थप गरेको छ । लामो समयसम्म लकडाउन गरिदा वडाबासीहरुलाई दोस्रो पटक राहत वितरण गर्नु परेको वडा अध्यक्ष नर बहादुर बमले बताए ।

लकडाउनको बेला दैनिक ज्यालादारी गरेर जीवीका चलाउने धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका विपन्न मजदुरहरुलाई राहत बितरण कार्यक्रम शुरु गरेको नगर प्रमख नृप बहादुर वडले बताए । शुक्रबार २ नं.वडा कार्यलयले सरस्वतिनगरमा बस्ने स्थायी,अस्थाई बसोबास भएका विपन्न समुदाय र डेरा गरी बस्ने बिधार्थीलाई १ लाख ८० हजार बराबरको राहत बितरण गरिएको बताइएको छ ।

प्रतीब्यक्ति ३० किलो चामल, २ लिटर खाने तेल,१ किलो नुन,२ किलो चिनि,३ किलो दाल र ४ वटा साबुन उपलब्ध गराईएको वडा सदस्य रत्ना बिष्टले बताइन् । राहत वितरण कार्यक्रममा वडा अध्यक्ष बम वडा सदस्यहरु मिना रैका, रत्ना बिष्ट, मान बहादुर सिंह, मान बहादुर, लर्ड बुद्ध युथ क्लब,समाजसेबी,राजनैतिक दल, स्वंसेवक,२ नं वडाका युवाहरु लगायतको उपस्थिति रहेको थियोे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE