शुक्रबार, मंसिर १२, २०७७
Friday, November 27, 2020

रुपन्देहीका सञ्चारकर्मीले पाए राहत

बुटवल, ३० बैशाख : रुपन्देहीमा क्रियाशिल सञ्चारकर्मीहरुलाई राहत वितरण गरिएको छ । संचारकर्मीसहित ३५ जनालाई राहत स्वरुप खाधान्न बितरण गरिएको हो । डेढ महिनादेखी जारी लकडाउनका कारण संकटका बेलामा बुटवलमा डेरा गरी बस्ने संचारकर्मीहरुलाई विहान ८ बजे राहत वितरण गरिएको बताइएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले अन्य क्षेत्रमा जस्तै सञ्चार क्षेत्रमा क्रियाशिल श्रमजिवि सञ्चारकर्मीहरुलाई पनि असर पारेको छ ।

राष्टिय दलित पत्रकार संघ नेपाल र जागरण मिडिया सेन्टरको समन्वयमा भक्त विवि हेल्पिङ हेण्ड्स फर ह्यूमानीटि,बुटवलस्थित न्यू फेमस टेर्लस र संयुक्त राज्य अमेरिकाको टेक्सास बस्ने विराटनगरका समिर रिजालको सहयोगमा ७० हजार बराबरको राहत वितरण गरिएको हो ।

मंगलबार रेडियो जागरण प्राङगणमा प्रदेश नं.५ का सांसद दीपा विश्वकर्मा, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष एंव संविधानसभा सदस्य विनोद पहाडी, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष व्यवसायी रामकुमार रणपाल र बुटवल उपमहानगरपािलका वडा नंं. ९ का वडाअध्यक्ष विष्णु थापाले संयुक्त रुपमा राहत वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष पहाडीले विश्वभरनै कोरोना भाइरसले संकट निम्त्याएको भन्दै दलित तथा अन्य केहि गैरदलित समुदायका सञ्चारकर्मीहरुलाई विभिन्न दाताहरुले संकटमा गरेको सहयोगले अझै पेशामा क्रियाशिल हुने शक्ति प्रदान गरेको बताए । दाताका तर्फबाट व्यवसायी रामकुमार रणपालले कोरोना संकटमा अग्रभागमा खटिने सञ्चारकर्मीहरुलाई यो महामारीका बेलामा साथ दिन पाएकोमा खुशि व्यक्त गरे ।


उक्त खाद्यान्न हस्तान्तरणमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनाल, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, भक्त विविका रुपन्देही प्रतिनिधि केदारचन्द्र भुसाल, अधिवक्ता पदम कार्की, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष समुन्द्र जिसि, जागरण मिडिया सेन्टरका सचिव विनोद परियार, संघका केन्द्रीय सदस्य रीता बुढाथोकी, अधिकारकर्मी रीता सेन, परियार सेवा समाज रुपन्देही अध्यक्ष लोक बहादुर नेपाली, रीमा विसि, सरोज गौतम, जनक गौतम, तारा परियार, विनोद पोख्रेल, विजय गौतम, चित्र गुरुङ लगायतको सहभागिता थियो ।

भक्त बिबिका तर्फबाट भष्टाचार विरोधी अभियान्ता भक्त बहादुर भण्डारी, शारदा भुसाल झा र सामाजिक अभियन्ता एवं पत्रकार मिलन परियारले राहत अभियानमा साथ दिएका हुन् । यसअघि भक्त विविको सहयोगमा काठमाडौंमा डेरा गरी बस्ने ३० जना संचारकर्मीहरुलाई राहत वितरण गरिएको थियो ।

संकटका बेलामा सुरक्षा सामाग्रीसँगै खाद्यान्नको समेत संकट थपिएको बेला खाद्यान्न सहयोग गरेकोमा सञ्चारकर्मीहरुले सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन् । राहत स्वरुप प्रति व्यक्ति २५ केजी जिरा मसिनो चामल, २ केजी चना, एक केजी दाल र एक लिटर तेल प्रदान गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE