आइतवार, मंसिर १४, २०७७
Sunday, November 29, 2020

मेची-महाकाली पैदलयात्राको बर्षदिन : रीता परियार

गोरखा, ३१ बैशाख : लामो बिदेश बसाईपछी नेपालप्रति अनन्त माया र सपना बोकेर फर्किएकी म रीता परीयार….म त्यहि ब्यक्ति बेलायतको राजधानी लन्डन बस्दा केवल म रीता र म एक मानव भएर सम्मानपुर्वक बाँचेको थिए….जब म नेपालमा आउने बित्तिकै म रीता र एक अछुत भए…..म मानव त के एक पशु भन्दा पनी तल्लो स्तरको भए किनकी पशुलाई त छुन मिल्छ तर मलाई छुन मिल्दैन किनकी म अछुत हुँ !

बर्षौ पछी फेरी मेरो घाँउ बल्झियो…….यो छुवाछुत र जातिय बिभेद अब हट्नु पर्छ, म मानव भएर बाँच्न सक्ने भइसकेको छु अब मेरा समुदायका मान्छेले पनी सम्मानपुर्बक बाच्न पाउनु पर्छ भन्ने मेरो चाहना थियो ! हुन त राष्टले पटकपटक जातिय बिभेद र छुवाछुत गरीनु हुदैन र गरीएको खण्डमा कड़ा सजाए दिइनेछ भनी संबिधानमा लेखेको छ तै पनी हाम्रो समाजमा जातिय बिभेद र छुवाछुत अझै पनी ज़रा गाड़े बसेकोछ !

लोकतान्त्रिक मुलुकमा सम्मानित जीवन जिउने हक सबैलाई बराबर हुन्छ । कसैमाथि कुनै प्रकारको दुर्व्यवहार गर्नु अपराध हो । जातकै आधारमा गरिने हिंसा त अझ अस्वीकार्य छ । तसर्थ, जातीय भेदभावमुक्त समाजको बाटोमा तगारो थप्ने यस्ता क्रियाकलापको अन्त्य हुनैपर्छ !

जन्मँदै अपमानको जिन्दगी जिउनुपर्ने अवस्था जुनसुकै सभ्य समाजका लागि ठूलो कलंक हो ! एउटा दलित बच्चाले यती पनी घृणा र अपमानको भारी बोक्नुपर्छ…….यदी अमेरिका युरोपमा एक बच्चा माथी एस्तो ब्यबहार हुदो हो त उसलाई बर्षौ समास लाग्छ निको (heal) भइ सामान्य अबस्थामा पुग्न भने तपाई इम्याजिन गर्नुहोस प्रत्येक दलित बालकलाई त्यो ट्रोमा बाट गुज्रिनु पर्छ ! यी तमामा सोच बोकेर म महाकाली देखी मेचि सम्मको पदयात्रा गरे !

यात्रा कठिन र दुखदायी थियो तर मेरो समुदाएले बर्षौ देखि भोगेको पिडाको सामु मेरो पिडा केहि थिएन ! यात्रामा सबैको मित्र, समाजसेवी र पालीकाहरुको सहयोग र एक्यबद्दता थियो ! यो यात्रा निरन्तर चलिरहनेछ…….जब सम्म सयौ बर्षदेखिको सामाजिक संरचना बिभेद मा आधारित छ ! सबैभन्दा पिडित छन दलितहरु ! त्यही भएर मुलुक र समाजले अन्य क्षेत्रमा फडको मारेता पनी दलितको समस्या जहांको त्यही छ ।

सार्वजनिक स्थल घर मन्दिर धारा कुवा सबैतिर बिभेद भोग्न बिवस बनाइएका छन र पनी हाम्रो समाज अझैपनी धेरै हदसम्म संवेदनशुन्य छ ! जब सम्म संबिधानका अक्षरहरु ब्यबहारीक रुपमा उत्रीनन्न तबसम्म म जस्ता हजारौ रिताहरु यो बिभेद रहित समाजको परीकल्पनामा पदयात्रा गरीरहने छन !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE