आइतवार, मंसिर १४, २०७७
Sunday, November 29, 2020

ख्रीष्टीयन समुदायद्वारा आर्थिक सहयोग

कृष्ण रणपाल बुटवल, ५ जेठ : बुटवल उपमहानगरपालिकाद्वारा स्थापित कोरोना महामारी राहत कोषलाई बुटवल ख्रीष्टीयन  समाजले पचास हजार राशी सहयोग गरेको छ ।

समाजका अध्यक्ष विजय गौतमले  बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो । नगरकी उपप्रमुख गोमा आचार्य,संविधान सभा सदस्य विनोद पहाडी,ख्रीष्टीयन समाज प्रदेश नं ५ का अध्यक्ष चित्र गुरुङ्ग, सल्लाहकार माधव न्यौपाने, बुटवल समाजका उपाध्यक्ष तुफानी भाट, सचिव बिक्रम थापा,कोषाध्यक्ष मुक्ति पौडेल, रेमरेन हरि प्रसाद रेग्मीलगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो । राहत कोषमा टोकन स्वरुप ख्रीष्टीयन समुदायको तर्फबाट सहभागिता जनाईएको कुरा अध्यक्ष गौतमले बताउनु भयो । उक्त रकम बुटवलका रहेका चर्चहरुबाट सहयोग जुटाएको प्रदेश अध्यक्ष चित्र गुरुङ्गले बताउनु भयो ।

बुटवल नगरपालिकाका मेयर शिवराज सुवेदीले रकम भन्दापनि  धार्मिक समुदायबाट सहभागिता जनाएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले बुटवलका इसाइ समुदायलाई धन्यवाद  ज्ञापन गर्दै कोरोना बिरुद्धको लडाइमा जुट्न आग्रह गर्नु भयो ।  रकम हस्तान्तरण कार्यक्रममा सबैलाई धन्यवाद ज्ञापन गर्दै नागरिक अभियन्ता एवम् सभासद पहाडीले विपदको बेला सबेले मानवीय भावनाका साथ काम गर्नु पर्ने बताउदै ख्रीष्टीयन समुदायलाई  धन्यवाद दिनु भयो ।

ख्रीष्टीयन समाज बुटवलले कोभिड–१९ नागरिक सरोकार अभियानसँग पनि सहकार्यगरी कोरोना महामारीले विपत्तीमा परेका नागरिकहरुको उद्धारमा काम गरिरहेको छ । सडकका मजदुरको उद्धार र एकल महिलाहरुलाई राहत दिने अभियानमा पनि  सहभागिता जनाउदै आउको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE