आइतवार, मंसिर १४, २०७७
Sunday, November 29, 2020

रुकुम पश्चिमको घटनाप्रति दलित अधिकारकर्मीद्धारा चर्को बिरोध

काठमाडौं, १२ जेठ : अन्तरजातीय प्रेम सम्बन्धकै कारण हत्या गरिएका पश्चिम रुकुमका नवराज विकको घटनालाई संसदीय समितिबाट अध्ययन गर्न माग गरिएको छ । कुटपिटबाट नवराज विक र टिकाराम सुनारको मृत्यू भइसकेको छ भने गोविन्द सुनार, सञ्जु विक, गणेश बुढामगर र गोविन्द शाही अझै बेपत्ता छन् ।

दलित गैरसरकारी संस्थाहरुले प्रतिनिधी सभाको संसदीय समिति तत्काल घटनास्थल गएर अध्ययन गर्नुपर्ने माग गरेका छन् । नेकपाका नेता एवं पूर्वमन्त्री दलजीत श्रीपालीले संघीय संसदको सामाजिक न्याय तथा मानवअधिकार समिति, मानवअधिकार आयोग र दलित आयोग तत्काल घटनास्थल पुगेर अध्ययन गर्न माग गरेका छन् । आफुले मन पराएकी केटीलाई विवाह गर्न जादा पश्चिम रुकुममा दलित युवक मारिएको घटनाको अहिले चौतर्फी बिरोध भएको छ ।

                                                       संयुक्त दलित अधिकार मंच रुकुम पश्चिम
                                                                          प्रेस विज्ञप्ती

                                                                   मिति २०७७/०२/१२ गते

यहि २०७७/०२/१० गते चौरजहारी नगरपालिका वडा नं ८ रुकुम पश्चिममा अन्तरजातीय प्रेम विवाहलाई निस्तेज पार्न र जातीय साम्प्रदायिक भड्काएर सामाजिक सद्भाव बिथोल्ने ढंगले जघन्य अपराधिक हत्या काण्ड भएको छ । भेरी नगरपालिका ४ रानागाउँ जाजरकोट निवासी नवराज बिक र चौरजहारी नगरपालिका वडा नं ८ सोती निवासी सुष्मा मल्ल बिचमा लामो समयदेखि प्रेम सम्बन्ध हुँदै आएको र केटीको आग्रहमा आफ्नो घरमा बोलाएपछि नवराज बि क साथिहरु सहित चौरजहारी आएको अवस्थामा बिच बाटोमै केटी तर्फका मानिसहरूले सांघातिक आक्रमण गरेपछि नवराज बिक लगायत २ जनाको शव भेरी नदीमा फेला परेको छ भने ४ जना वेपत्ता भएका छन् ।

देश धर्म निरपेक्ष राज्य र छुवाछुत मुक्त राष्ट्र घोषणा भइ संवैधानिक तथा कानुनी व्यवस्थामै सजायको व्यवस्था गरिसकेको र जनयुद्धको तुफानी केन्द्रले परिचित जिल्लालाई जातीय छुवाछूत मुक्त तथा सामाजिक सद्भावयुक्त नमुना जिल्ला बनाउने अभियान बिगत एक दशकदेखि संचालन भइसकेको परिप्रेक्षमा यस्ता खाले हत्याकाण्ड हुनु घोर अमानवीय र निन्दनीय छ । दलित अधिकारकर्मीहरुको साझा मंच संयुक्त दलित अधिकार मंच रुकुम पश्चिम मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै मृतकहरुलाई सास्कृतिक रुपान्तरण अभियानको शहीद घोषणा गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने तथा हत्यारालाई छानबिन गरी हदैसम्मको कानुनी कारबाही गर्न नेपाल सरकारसंग जोडदार रूपमा माग गर्दछौं ।

यतिबेला सिङ्गो संसार नै कोरोना महामारीको संक्रमण र बिनासकारी ब्याधिले आतंकित एवं आक्रान्त भइरहेको छ । हरेक कोरोना संक्रमित ब्यक्तिहरु आफ्नै परिवार९ समाजसंग अछुत भएर क्वारेन्टाइन र आइसोलेसनमा बस्न बाध्य हुनुपरेको छ भने मानवीयताको नाताले एकले अर्काको दुख पिडामा साथ दिएर सहयोग गर्नुपर्ने स्थिति छ । यो अवस्थामा एक्काइसौं शताब्दीको मानव सभ्यतालाई नै उपहास गर्ने, राज्यको कानुनलाई ठाडो चूनौती दिने र दलित समुदायलाई उत्तेजित बनाइ समाजमा साम्प्रदायिक हिंसा भड्काउने खालका हत्याकाण्डको जति निन्दा गरेपनि कमै हुन्छ । यसबाट बिचलित नभइ दलित मुक्ति आन्दोलनलाई सशक्त ढंगले अघि बढाउने प्रण गर्दछौ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE