बुधबार, मंसिर १०, २०७७
Wednesday, November 25, 2020

पश्चिम रुकुम घटनाप्रती गृहमन्त्रीको ध्यानाकर्षण,छानविन समिती गठन

काठमाडौं, १३ जेठ : गृहमन्त्री रामबहादुर थापा बादलले रुकुममा शनिवार भएको घटनाबारे सरकारको गम्भिर ध्यानार्कषण भएको भन्दै दुख ब्यक्त गरेका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा उक्त घटनाबारे जानकारी दिदैं गृहमन्त्री थापाले दुखद घटनाको सत्यतथ्य छानविनका लागी सरकारले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ सदस्यि छानविन समिती गठन गरेको संसदलाई जानकारी दिएका हुन ।

उनका अनुसार छानविन समितीमा प्रहरी वरिष्ठ उपरिक्षक, राष्ट्रिय अनुसंन्धान विभागको अधिकृत प्रतिनिधी, महानायधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधी लगायत पाँच जना रहने छन् । घटनापछि दुबै क्षेत्रमा सामाजिक र जातिय सदभाव कायम राख्नका लागि स्थानिय प्रशासनले काम गरिरहको समेत गृहमन्त्री थापाले जानकारी दिए ।

घटनापछि भेरी नदीमा हराइरहेका युवकहरुको खोजी कार्यका लागि गोताखोर परिचालन गरिने समेत उनले बताए ।

शनिवार साँझ जाजरकोटको भेरी नगरपालिका-४ का २१ वर्षीय नवराज विक पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ औलाकी प्रेमिका १७ वर्षीय सुष्मा मल्ललाई भगाउन गएका बेला आउँलेको आक्रमणमा परेका थिए । आक्रमणबाट नवराजसहित ३ जनाको ज्यान गएको छ भने अन्य ३ युवक भेरी नदीमा अझै वेपत्ता छन् ।

वेपत्ता हुनेमा नवराजका साथी लोकेन्द्र सुनार, सन्जु बिक र गोविन्द शाही रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि युवती सुष्माका बुवा ४० वर्षीय बिर बहादुर मल्ल, आमा प्रकासी मल्ल, वडाअध्यक्ष डम्मर बहादुर मल्ल, प्रत्यक्ष घटनामा संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुन मगर, रमेस मल्ल लगायत १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान थालेको गृहमन्त्री थापाले संसदमा जानकारी दिएका छन् ।

नवराजसंग लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी सुष्माले जातका कारण घरपरिवारले आफ्नो प्रेम सम्बन्ध अस्विकार गरिरहेकाले भगाई लैजान भन्दै नवराजलाई गाउँ बोलाएकी थिइन ।

दुलही लिन भनि गएका नवराजसहितका उनका साथीहरुमाथि सुष्माका आफन्त र गाउँलेले जातिय गाली गलोच गर्दै घरेलु हतियारले आक्रमण गरेको पीडित पक्षको भनाई छ । मृत्यु भएकाहरुको शरिरमा चक्कु र घरेलु हतियारले हानेका घाउहरु भेटिएको छ ।

प्रेम गरेकै कारण कुटेर हत्या गरिएको घटनाको अहिले देशव्यापीरुपमा चर्को विरोध भइरहेको छ । सामुहिकरुपमा गरिएको हत्याबारे सत्थतथ्य छानविन गरी दोषीलाइ हदैसम्मको कारवाहीका लागि विभिन्न माध्यमबाट शसक्त आवाज उठिरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE