शुक्रबार, मंसिर १२, २०७७
Friday, November 27, 2020

नवराज हत्या प्रकरण : करवाहीको माग गर्दै दलित अगुवाले बुझाए ज्ञापन पत्र

धनगढी, १३ जेष्ठ : कैलाली जिल्लास्थित दलित अधिकारकर्मीहरुले रुकुम पश्चिमका नवराज विकको हत्या प्रकरणका दोषीलाइ कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छ्न । जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई दलित समुदायका अगुवाहरुले भर्खरै मात्र ज्ञापन–पत्र बुझाएका हुन् । नेपाली कांग्रेसका महासमिति सदस्य प्रेम विसीले प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बोहरालाई उहाँकै कार्यकक्षमा मंगलबार दिउसो ५ बजे ज्ञापनपत्र बुझाएका हुन् ।

जेठ १० गते शनिवारका दिन कर्णाली प्रदेशको पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतिमा नवराज विकसहित तीन जना युवाहरुको विभत्सढंगबाट हत्या गरिएको घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाइ कडा भन्दा कडा कारवाही होस,उच्च स्तरीय छानबिन समिति गठन गरियोस्, हत्या गरिएका सबैलाई सांस्कृत सहिद घोषणा गरियोस,पीडित परिवारलाइ तत्काल उचित क्षेतिपुर्ती उपलब्ध गराइयोस लगायतका माग रहेका छन् ।

मुक्ति समाज नेपालका अध्यक्ष चक्र बिक,नेपाल दलित संघका केन्द्रिय उपाध्यक्ष छ्त्र टेलर, नेपाल दलित संघ कैलालीका अध्यक्ष प्रेम बिक,कट्वाल डटकमका प्रधान सम्पादक एवं समता मिडिया सेन्टरका अध्यक्ष मिलन परियार,मिशन अम्बेडकर नेपालका केन्द्रिय अध्यक्ष मनोज जैगडी,नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरि,दलित मुक्ति संगठनका केन्द्रिय सदस्य गोविन्द बिसि,नेपाल तरुण दलका अमृत बिसि,दलित साहित्य सोपानका अध्यक्ष गणेश नेपाली,दलित महिला संघका कैलाली अध्यक्ष सविना घिमिरे,सामाजिक अभियान्ता बिष्णु कुमारी,पतीराम सोव,मोहन रसाईली,सुनिल सेवा लगायतका दलित समुदायका अगुवाहरुद्वारा हस्ताक्षरित ज्ञानपन पत्र नेपाल सरकारलाइ बुझाएका हुन ।

घटनाले सिंगो दलित समुदायलाईनै स्तब्ध बनाएको र दलित युवा र गैर दलित समुदायकी युवती वीच भएको प्रेम विवाह हुन नदिन केटीका आफ्न्त्ले युवक को हत्या गरिएको घटना प्रति सिंगो दलित समुदाय घोर निन्दा र भत्सर्ना गर्दछ ज्ञापन पत्रमा उल्लेख गरिएको छ । जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ४ का राना गाउँ बस्ने नवराज विक र चौरजहारी ८ सोतिकी शुष्मा मल्ल वीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नाका लागि दुबै युवा युवती सहमत भई सुष्मा मल्लले आफूलाई लिनका लागि नवराज विकलाई बोलाएपछि आफ्ना साथीहरुसहित केटीको गाउँ पुगेका थिय । सोहि मौका छोपी नवराज लगायत उनका साथीहरुको स्थानीय सोतिमा गाउँका वडाध्यक्ष डम्मर बहादुर मल्ल सहित केटीका घरपरिवार र स्थानीय मिलेर उनिहरुलाइ लखेटी लखेटी निर्घात कुटपीट गरेर हत्या गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE