बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

पश्चिम रुकुम नरसंहार : दलित अधिकारकर्मीद्धारा प्रशासनमा धर्ना (फोटो फिचर)

धनगढी, १५ जेठ : अन्तरजातीय प्रेम सम्बन्धका कारण पश्चिम रुकुममा भएको नरसंहारको विरोधमा दलित अधिकारकर्मीहरुले धर्ना दिएका छन् । कैलालीका दलित अधिकारकर्मीले पश्चिम रुकुम हत्याकाण्डको बिरोधमा हत्यारालाई कडा सजाय हुनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा बिहिबार दिउसो ५ बजे धर्ना दिएका हुन् ।

गत शनिबार पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।

रानागाउँकै गणेश बुढा, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघिनै फेला परिसकेको र आजै भेरी नगरपालिका-४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव छेडागाड नगरपालिका–१३ स्थित कालाभीर नजिक भेरी नदीको किनारमा फेला परेको छ । घटनाबारे सत्यतथ्य छानबिन गरेर दोषीमाथि कारबाही गर्न समेत अधिकारकर्मीहरुले माग गरेका छन् ।

प्लेकार्डसहित धर्ना बसेका प्रदर्शनकारीहरूले नवराज बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा दोषीलाई उम्कन नदिन माग रहेको सामाजिक अभियन्ता अमृत बिसीले बताए । संबिधान सभा सदस्य हरी श्रीपाईली,बसन्त बागचन्द,चक्र बिक,बिष्णु कुमारी घिमिरे र नृप सुनारले मन्तव्य व्यक्त गरेका थिए ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE