बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

जडिबुटी संकलनमा रोक लगाएपछी दलित बस्तीमा भोकमरी

बसन्त बाघचन मुगु, १८ जेष्ठ : बिश्वभर माहामारिको रूपमा फैलिएको कोरोनो भाइरस (कोभिड-१९) का कारण जडिबुटी संकलनमा स्थानीय सरकारले प्रतिबन्ध लगायपछी मुगुको एक दलित बस्तीमा भोकमरी सुरु भएको छ।

सदरमुकाम गमगढीबाट दुई दिन पैदल हिडेर पुगिने चिनको सिमाना नजिकै रहेको मुगुको मुगुम कार्मारोङ गाउँ पालिकाको मुगु गाउँको दलित बस्तीमा भोकमरि सुरु भएको हो।

गाउँमा आफ्नो बस्ने घर मात्र भएको खेतीपाती गर्ने जमिन केहि पनि नभएको र आफ्नो मुख्य पेशा भनेको जडिबुटी संकलन गरि त्यहीबाट भएको आम्दानीले घर परिवार चलाउने गरेको भएता पनि यो बर्ष कोभिड-१९ कोरोनो भाइरसको कारण गरिएको यिअप मयधल भन्दै स्थानीय तहले जडिबुटी संकलनमा रोक लगायपछी दैनिक जिबनयापन गर्न समेत धौधौ परेको स्थानीय छिरिङ बि.क.ले बताए ।

हिउँदको समयमा आफ्नो घर परिवार चलाउन स्थानीय ब्यापारीहरुबाट लियको ऋण तिर्न त कता हो कता अहिले आएर स्थानीय तहले जडिबुटी संकलनमा रोक लगायपछी बिहान बेलुका छाक टार्न समेत मुस्किल भएको र गाउँबाट मागेर छाक टार्ने गरेको अर्का स्थानीयले गुनासो गरे ।

स्थानीय तहबाट गाउँपालिका भित्र रहेका प्रत्येक घरधुरीहरुलाइ पहिलो चरणको राहत बितरण कार्य सम्पन्न भैसकेको र दोस्रो चरणको राहत बितरण गर्ने काम सुरु भएता पनि यस दलित बस्तिको समस्या सुकुम्बासी हरुको जस्तै समस्या भएकोले भोकमरीको समस्या भएको मुगम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज शाहीले जानकारी दिनुभयो ।

तर भोकमरीका कारण उक्त दलित बस्तिका नागरिकलाई भोकमरिका कारण मर्न नदिने गाउँ पालिकाका अध्यक्ष छिरिङ क्यापने लामाले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE