सोमवार, मंसिर ८, २०७७
Monday, November 23, 2020

रुकुम नरसंहारको बिरोधमा जनकपुरमा ‘दीप प्रज्वलन’

जनकपुरधाम, २० जेठ : अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिममा नवराज विकसहितका ६ जना युवकको हत्या प्रकरणलाई गम्भीरता पूर्वक लिंदै प्रदेश नं.२ का साँसदद्वय परमेश्वर साह र रामआशिष यादवले यो जातिय विभेद होइन, सामाजिक नरसंंहार हो । न्यायका लागि हामी सबैले मिलेर लड्नु पर्ने बताएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ धनुषाको आयोजनामा मंगलवार जनकपुरधाममा आयोजित ‘दीप प्रज्वलन’ कार्यक्रममा साँसदद्वयले सो कुरा बताएका हुन । घटनाको यर्थात कुरा राज्यलाई थाहा हुँदाहुँदैन पनि सरकारले गम्भीरता नदेखाउनु हामी सबैको लागि दुर्भाग्य हो-साँसदद्वयले भने ‘अपराधको विरुद्धमा दलित, मधेशी, अल्पसंख्यक मात्र होइन, सबै मिलेर लड्नु पर्छ । ’
दोषीमाथि कारवाही हुनुपर्छ । अहिलेसम्म दोषीलाई नसमात्नु दुःखद कुरा हो साँसद साहले भने ‘यो घटनाले अपराधलाई बढावा दिने भयो ।’

संघका अध्यक्ष कुलदीप दास प्रेमको नेतृत्वमा भएको दीप प्रज्वलन कार्यक्रममा अर्को साँसद राम अशिष यादवले जबसम्म अपराधलाई राज्यले बढावा दिन्छ तबसम्म सम्पन्न राष्ट्र बन्दैन । यो जातिय छुवाछुत होइन, छुवाछुत माथिको अपराध हो । दोषीलाई कानूनी कारवाहीमा नल्याएमा जनता चुप लागेर बस्दैन । यो घटनाले गणतन्त्र नगराउने जिकिर गरेका छन् ।

त्यस्तै वरिष्ठ पत्रकार श्याम सुन्दर शशिले घटनाप्रति आक्रोशित हुँदै भने, ‘दलितले प्रेम गर्न पाउँछ कि पाउँदैन । दलितका बच्चाले प्रेम गरेमा हत्या गरिदिने कहाँको संविधानमा लेखेको हो ।’ उनले यो ठूलो अपराध हो । अपराधी जुनसुकैलाई पनि कारवाही हुनैपर्छ तब मात्र कानूनी राज्यको परिकल्पना गर्न सकिने बताएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा, नेपाली काँग्रेसका जनकपुरधाम उपमहानगरपालिकाका नगरसभापति मनोज कुमार साह, महिला अधिकारकर्मी मुन्नी देवी दास, राष्ट्रिय दलित पत्रकार संघका प्रदेश अध्यक्ष कैलास दास सहितका व्यक्तिहरुले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दोषीमाथि कारवाहीको माँग गरेका छन् । दीप प्रज्वलन कार्यक्रममा सैयौंको संख्यामा अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE