बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

डडेल्धुराको क्वारेन्टिनमा एक महिलाको ज्यान गयो

धनगढी, २१ जेठ : डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको मृृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएका थिए । राति श्रीमानसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएपछि मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले महिलाको मृत्यु भएको पुष्टि गरे । उनले चिकित्सकको टोली पुग्न केही समय लाग्ने जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE