मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

शारदा माबिको ब्यवस्थापन समिती अध्यक्षमा डम्बर सुनार निर्विरोध चयन

धनगढी, २९ जेठ : धनगढी उपमहानगरपालिका २ बैयाबेहडीस्थित श्री शारदा माबिको ब्यवस्थापन समिती अध्यक्षमा समाजसेवी डम्बर सुनार निर्विरोध चयन भएका छन् ।

राजनीतिक पार्टी र ब्यक्तिगत स्वार्थले लामो समयदेखीको मतभेदका कारण गठन हुन नसकेको ब्यवस्थापन समिति मंगलबार साझ सर्बपछिय भेलाले सहमतीमा चयन गरेको हो । भेलाले डम्बर सुनारलाई अध्यक्ष पदमा चयन गरेको हो ।

ब्यवस्थापन समितिको सदस्यहरुमा केशबराज भट्ट, चित्रा भण्डारी, मान बहादुर चौधरी, दिपा सुनाम, कुश्मा वली चयन भएका छन् । ब्यवस्थापन समितिको सदस्य सचिवमा विधालयका प्रअ तेज बहादुर सिंह र शिक्षक प्रतिनिधीमा तिर्थराज पाण्डेय रहेका छन् ।

लामो रस्साकस्सीपछि सर्वसहमतीमा अध्यक्ष चयन भएकोमा सुनारले खुशी ब्यक्त गदै आफूलाई सर्वसहमती चयन गर्ने सबैलाई धन्यवाद दिए ।

बिधालयको शैक्षिक गुणस्तर,भौतिक संरचना निर्माणका लगायत बिधालयलाई नमुना बिधालय बनाउनमा आफनो सकारात्मक पहल रहने उनले बताए ।

उक्त बिधालयमा प्राबिधिक शिक्षा,मन्टेश्वरी पद्धतिद्धारा बालबालिकालाई सिकाइका साथै कक्षा १ देखी १२ कक्षा सम्म बिधालयले पठनपाठन गरिरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE