बुधबार, मंसिर १०, २०७७
Wednesday, November 25, 2020

सुदूरपश्चिम प्रदेश सरकारले एक केजी सलह मारेर ल्याए २५ रुपैँया दिने

धनगढी,१४ असार : सुदूरपश्चिम प्रदेश सरकारले सलह किरा मारेर ल्याउने व्यक्तिलाई प्रति किलो २५ रुपैयाँ दरले रकम उपलब्ध गराउने भएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले आइतबार यस्तो निर्णय गरिएको बताए ।
अहिले सम्म सुदूरपश्चिम प्रदेशमा सहलको प्रभाव परेको छैन उनले भने यदि त्यो आएमा मारेर ल्याउनेलाई प्रति किलो २५ रुपैयाँ दिने निर्णय भएको हो ।

मन्त्रालयले कृषि विकास निर्देशनालयको नेतृत्वमा तीव्र उद्धार समिति समेत गठन गरेको छ । उक्त समितिको सिफारिसमा प्रति किलो २५ रुपैयाँ तोकिएको प्रवक्ता शर्माले बताए ।

हामीले २० देखि ३० रुपैयाँ सम्म तोक्न सिफारिस गरेका थियौँ कृषि विकास निर्देशनालयका प्रमुख यज्ञराज जोशीले भने २५ रुपैयाँ दिने निर्णय भयो ।

आइतबार नै सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहलाई रकम उपलब्ध गराउन निर्देशन गराइने प्रवक्ता शर्माले बताए ।
सलह किरा मारेर स्थानीय तहको कृषि शाखामा उपलब्ध गराए उक्त स्थानीय तहले रकम उपलब्ध गराउने जनाइएको छ ।
यस अघि प्रदेश ५ ले पनि एक किलो सलह समाते २० रुपैयाँ दिने निर्णय गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE