बुधबार, मंसिर १०, २०७७
Wednesday, November 25, 2020

कैलालीमा पनि देखियो सलह

धनगढी, १५ असार : कैलालीको बर्दगोरीया गाउँपालिकामा सलह किरा देखिएको छ । बर्दगोरीया गाउँपालिकामा सलह देखिएको स्थानीय रामप्रसाद कठरियाले जानकारी दिए। ‘खेतमा मल हाल्न जादा देखेको उनले बताए ।

बर्दगोरीया गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक राम प्रसाद देवकोटाले पनि सलह देखिएको सुन्न आएको बताए । ‘हामीलाई किसानले फोन गरेका छन्’ उनले भने ‘हामी त्यहाँ पुग्दै छौँ ।’

उनले आफूलाई वडा नम्बर ६ बाट सलह देखिएको भन्दै किसानले फोन गरेको बताए । उनले भने, ‘अहिले सम्म सलह भन्ने छ त्यहाँ पुगेपछि विस्तृत थाहा हुन्छ ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE