शुक्रबार, मंसिर १२, २०७७
Friday, November 27, 2020

दुर्गम बस्ती एकिकृत स्वास्थ्य शिविर संचालन

बसन्त बाघचन मुगु, २२ असार : मुगुको दुर्गम बस्तीमा एकिकृत स्वास्थ्य शिविर तथा विशेषज्ञ सेवा सचालन भएको छ ।
स्वास्थ्य सेवा कार्यालय मुगु द्धारा छाँयानाथ रारा नगरपालीका वडा न.१२ शोभा गाउँमा शिविर, सचालन भएको हो ।
शिविरमा हाडजोर्नी नसा रोग पाठेघर उच्चरक्तचाप,तल्लो पेट,दुख्ने मुटु,रोगी,पाईल्स,फिजीयोथेरापी,आयुर्वेद,सम्बन्धि रोग हरुको उपचार तथा विशेषज्ञ सेवा प्रदान गरिएको थियो ।

दुई जना डाक्टर छ जना पारेमाडीक्स र तिन जना नसीङ्ग स्टाफको सहभागीतामा सचालीत शिविरमा शोभा गाउँका एकसय बार जना महिला र अठार जना पुरुष गरि एक सय अठार्सी जना लाई सेवा प्रधान गरिएको थियो । त्यस्तै, आयुर्वेद सेवामा पैत्तिस महिला पचिस जना पुरुष लाई र फिजीयोथेरापीमा तेह्र जना पुरुष र पन्ध्र जना महिला सेवा प्रदान गरिएको थियो। त्यस्तै मुगुको छाँयानथ रारा नगरपालिको वडा नं ९ मुमा गाउँमा पनी शिविर सचालन भएको थियो ।

उक्त शिविरमा एकसय एकाइस जना सेवा प्रदान गरिएको थियो । जसमा एघार जना महिला र पाँच जना पुरुष गरि जम्मा सत्र् जना ब्यक्तिलाई पिजियोथेरापि सेवा प्रदान गरिएको थियो । मुगुका अन्य क्षेत्रहरुमा पनी उक्त शिविर सचालन गरिने फोकल पर्सन ज्ञानसिह बुढा जानकारी दिनु भयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE