मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

डडेल्धुरामा १८ करोड बढी बेरुजु

डडेल्धुरा, ४ साउन : डडेल्धुराका सातवटा स्थानीय तहमा १८ करोड बढी बेरुजु आएको छ । महालेखा परीक्षकको सन्ताउन्नौँ वार्षिक प्रतिवेदन अनुसार डडेल्धुरा जिल्लाका स्थानीय तहको बेरुजु १८ करोड भन्दामाथि रहेको छ ।

७ वटै स्थानीय तहहरुको बेरुजु १८ करोड २७ लाख ८ हजार रहेको छ उक्त बेरुजु रकम मध्ये भागेश्वर गाउँपालिकाको मात्रै ५ करोड ४५ लाख ११ हजार रुपैयाँ बेरुजु रहेको छ । भागेश्वर गाउँपालिकाको ६२ करोड ७ लाख ३५ हजार रुपैयाँको लेखारीक्षण रकममध्ये ५ करोड ४५ लाख ११ हजार रुपैयाँ बेरुजु रहेको छ ।

कुल लेखापरीक्षण रकमको ८.७८ प्रतिशत रकम बेरुजु रहेको हो । डडेल्धुरा ७ वटै स्थानीय तहमध्ये भागेश्वर गाउँपालिकाको सबैभन्दा बढी बेरुजु रहेको छ भने सबैभन्दा कम अमरगढी नगरपालिकाको छ ।

डडेल्धुराका ७ वटै स्थानीय तहमध्ये सबैभन्दा कम बेरुजु अमरगढी नगरपालिकाको रहेको छ । अमरगढी नगरपालिकाको ०.७१ प्रतिशत रकम बेरुजु रहेको छ । लेखापरीक्षण गरिएको कुल रकम ६९ करोड ८५ लाख ७९ हजार रकममध्ये ४९ लाख ८८ हजार रुपैयाँ बेरुजु रहेको छ ।

आलिताल गाउँपालिकाको ७० करोड ६० लाख ९२ हजार रुपैयाँको लेखापरीक्षण गरिएको र जसमध्ये बेरुजु ४ करोड ३४ लाख ७९ हजार रहेको छ आलिताल गाउँपालिकाको बेरुजु ६.१६ प्रतिशत रहेको छ ।

यस्तै परशुराम नगरपालिकाको ३ करोड ७० लाख ९९ हजार बेरुजु रहेको छ कुल लेखापरीक्षण रकम १ अर्ब १६ करोड २६ लाख १५ हजारको ३.१९ प्रतिशत बेरुजु रहेको छ । नवदुर्गा गाउँपालिकाको कुल लेखापरीक्षण रकम ७३ करोड ४८ लाख ४६ हजारको २.४९ प्रतिशत रकम वेरुजु रहेको छ । नवदुर्गा गाउपालिकाको वेरुजु रकम १ करोड ८२ लाख ९७ हजार रहेको छ ।

अजयमेरु गाउपालिकाको १ करोड ४९ लाख २५ हजार रुपैया बेरुजु रहेको छ । कुल लेखापरीक्षण रकम ७२ करोड ५९ लाख १४ हजार रुपैया रहेको छ जुन कुल लेखापरीक्षण रकमको २.०६ प्रतिशत बेरुजु रहेको छ । र गन्यापधुरा गाउ पालिकाको ९४ लाख ९ हजार रुपैयाँ बेरुजु रहेको छ कुल लेखापरीक्षण रकम ५३ करोड ६६ लाख४ हजारको १.७५ प्रतिशत बेरुजु रहेको छ ।

कोषतथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराका लेखापाल तथा सुचना अधिकारी सागर साउदका अनुसार ‘वेरुजु आउने वित्तिकै खाएको, हिनामिना गरेको भन्ने बुझिदैन । त्यो विकास निर्माणका काम वाफत लिएको पेस्कि बेरुजु पनि हुन सक्छ । सूचना अधिकारी साउदले भने, वेरुजु आउनका पछाडी वभिन्न कारण हुन सक्छन अन्तिम लेखा परिक्षण नभएसम्म वेरुजु कुन विषयमा छ एकिन्न गर्न सकिन्न ।

ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाले गर्दा भागेश्वर गाउपालिकाको बेरुजु बढी देखिएको भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्ष रोकाले बताए।डोलिडार सडक विभाग र ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाको नम्स नमिलेको भएर बेरुजु बढी देखिएको उनले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE