बुधबार, मंसिर १०, २०७७
Wednesday, November 25, 2020

उप-मेयर चढ्ने गाडीमा आगजनी

धनगढी, ६ साउन : कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाकी उप-प्रमुखले चढ्ने गाडीमा आगजनी भएको छ ।अपरिचित समूहले नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा आगजनी गरिएको हो ।

घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्ने गाडी पार्किङ गरिराखिएको स्थानमा आगजनी भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिएका छन् ।

आगलागीबाट गाडीको पछाडिपट्टिको भाग जलेर नस्ट भएको छ । आगलागी कस्ले गरेकाे हाे खुलेको छैन् । प्रहरीले घटनाकाे अनुसन्धान शुरू गरेकाे जनाएकाे छ ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE