मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

कैलारी गाउँपालिकामा अनिश्चितकालिन लकडाउन

धनगढी, २१ साउन : कैलालीको कैलारी गाउँपालिकामा आजदेखी अनिश्चितकालिन लकडाउन गरिएको छ । अर्को सूचना जारी नहुञ्जेसम्म अनिश्चितकालिन लकडाउन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

मंगलबार गाउँपालिकास्थित क्वारेन्टाइनमा कार्यरत एक जना स्वास्थ्यकर्मी,चौकीदार र भान्सेसहित ७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो ।

वडा नं. ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरी सरकारको नियमलाई फलोअप गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकालाई लकडाउन गरेको बताए । लकडाउनका बेला अत्याबश्यक काम बाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न प्रवक्ता चौधरीले गाउँपालिकाबासी सबैलाई आग्रह गरेका छन् ।

यसका साथै उनले सामाजिक दुरी कायम गर्न र सबैलाई मास्क लगाउन र सरसफाईमा ध्यान दिन पनि आग्रह गरे ।

लकडाउन अवधिभरि गाउँपालिकामा बजार, सवारी साधन सञ्चालन लगायत सबै बन्द रहने गाउँपालिकाका प्रवक्ता चौधरीले जानकारी दिए । उनले लकडाउन कडाइका साथ लागु गर्ने बताए ।

वडा नम्बर १ को हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा कार्यरत एक जना स्वास्थ्यकर्मी, चौकीदार र भान्सेलाई मङ्गलबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यकर्मीसहित क्वारेन्टाइनमा काम गर्ने व्यक्तिहरुमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुको ‘कन्टयाक्ट’ मा आएका कर्मचारी, परिवारका सदस्य र अन्य स्थानीयको पनि स्वाब परीक्षणका लागि संकलन गरिरहेको गाउँपालिकाले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE