बुधबार, मंसिर १०, २०७७
Wednesday, November 25, 2020

डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु

डोटी, २८ साउन : डोटीको आदर्श गाउँपालिका-१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । आज बिहान १ बजे ३ तलाको पुरानो घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लोगे लुहारकी श्रीमती बिस्ना लुहार, उनका छोरा पारस, ७ वर्षीया छोरीहरू जेनिसा र ५ वर्षकी सिरु लुहार रहेकी जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । उनका अनुसार घटनामा थप ५ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा घरधनी लोगे लुहार, उनकी आमा, सासू आमा, सालो र २ वर्षीया छोरी रहेका छन् । उनीहरूलाई उद्धार गरेर उपचारका लागि दिपायल ल्याइरहेको डिएसपी मल्लले कट्वाल डटकमलाई जानकारी दिए ।

फोटो तेज डुम्रेलको फेसवुक वालबाट साभार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE