मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय बन्द

धनगढी, ८ भदौ : चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहित मुख्यमन्त्री कार्यालयका सबै कर्मचारी सेल्फ आईसोलेसनमा बसेका छन् ।

मुख्यमन्त्री सहित मुख्यमन्त्री कार्यालयका सबै कर्मचारी सेल्फ आईसोलेसनमा बसेपछि मुख्यमन्त्री कार्यालयनै बन्द गरिएको बताईएको छ ।

मुख्यमन्त्री आफ्नो निवासमा सेल्फ आईसोलेसनमा छन् । त्यस्तै मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओली सहित मुख्यमन्त्री सचिवालयका सबै कर्मचारी पनि होम आईसोलेसनमा छन् । प्रमुख सचिव पनि आईसोलेसनमा बसेका छन् ।

तत्काल मुख्यमन्त्री र सचिवालयका कुनै पनि कर्मचारी मुख्यमन्त्री कार्यालय जाने अवस्था नरहेकोले मुख्यमन्त्रीको सम्पूर्ण कामकाज ठप्प भएको स्रोतले बतायो । अत्यन्त महत्वपूर्ण निर्णय र पत्राचार रोकिने छैन, स्रोतले भन्यो, अरु सबै काम बन्द गरिएको छन् ।

मुख्यमन्त्री भट्टका चालकमा कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री कार्यालयका सबै कर्मचारी आईसोलेसनमा बसेका हुन् । मुख्यमन्त्री भट्ट डोटीमा पीसीआर मेसिन उद्घाटनका गर्न जादा चालक संगै थिए । उनी डोटीबाट फर्केपछि पनि कार्यालय भित्रै बसेकोले त्यहाँ कार्यरत सबै कर्मचारी होम क्वारेन्टाईनमा बसेका हुन् ।

केही दिनमा मुख्यमन्त्री भट्ट सहित सबै कर्मचारीको कोरोना परीक्षण गरिने मुख्यमन्त्री कार्यालय स्रोतले बतायो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE