बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

बन्धक मुक्त हुन मुसहर दम्पतीद्धारा मुख्यमन्त्री,सिडियो र मानवअधिकार आयोगमा उजुरी

सप्तरी, ८ भदौ : गैरदलितबाट कुटिएर औषधी उपचार गर्ने क्रममा अस्पतालमा बन्धक मुसहर दम्पतीले न्याय र औषधी उपचार खर्चका लागी प्रदेश २ का मुख्यमन्त्री,सप्तरीका प्रमुख जिल्ला अधिकारी र मानवअधिकार आयोगलाई गुहारेका छन् ।

पिडीत परिवारले दलित सरोकार मञ्च नेपालको सहयोगमा अनलाईन मार्फत उजुरी गरेका हुन् । पानीको निकासको विषयमा बिबाद हुदाँ गत साउन ५ गते सप्तरीको अग्निसाई र कृष्णसवरण गाउँपालिका ६, महुलीकादिना साहको पुरै परिवार मिलेर शिवचन्द्र सदा (भुटाइ) र उनकी पत्नी मलियादेवी सदालाई निर्घात कुटपिट गरेका थिए ।

कुटपिटबाट सख्त घाईते भएका सदा दम्पतीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तर औषधी उपचार वापतको एक लाख ६० हजारभन्दा बढी रकम तिर्न नसक्दा सदा दम्पती अस्पतालमा बन्धक भएर बसेका छन् ।

शिवचन्द सदाका भाई पवन सदाले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत,भुमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग,जिल्ला प्रशासन कार्यालयमा अस्पतालको बन्धकबाट मुक्ति र न्यायका लागि निवेदन दिएका छन् ।

घटना यस्तो छ :

अविरल वर्षाको कारण मुसहरको घर आँगनमा पानी जमेपछि त्यसको निकासीको लागि छेउमै रहेको दिना साहको खेतमा पानी बगाउन खोजेपछि विवाद भएको थियो ।

शिवचन्द्र सदा (भुटाइ)ले आफ्नो झुपडीलाई जोगाउन पानीको मुहान खोलेपछि बिबाद भएको थियो । पानी खोलेपछि दिना साहको पुरै परिवार मिलेर शिवचन्द्र सदा (भुटाइ) र उनकी पत्नी मलियादेवी सदालाई निर्घात कुटपिट गरेका थिए । घरमा पानी जमेपछि छिमेकी खेतबालादिना साहको खेतमा निकास बाहेक अरु ठाउँ थिएन । तर, साह परिवारले आफ्नो जमिनमा पानी छिर्न नदिने भएपछि झगडा सुरु भएको थियो ।

कुटपिटबाट घाइते भएको सदा दम्पतीको स्थानीय क्लिनिकमा उपचार पश्चात थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना भएका थिए । इलाका प्रहरी कार्यालय कञ्चनपुरले दिना साहलाई पक्राउ गरि अभद्र व्यवहारमा मुद्दा चलाएका थिए । तर तीन सातापछि गत साउन ३२ गते कुटपिट गर्ने साह जिल्ला सरकारी वकिलको कार्यलयको आदेशबाट रिहा भएपछि सदा दम्पतीलाई थप पिडा भएको छ ।

इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरेशकुमार सिंहले पिडीत पक्षले अस्पतालमा लागेको खर्चको बिल ल्याउन नसकेकोले सरकारी वकिल कार्यलयको आदेशमा दिना साह रिहा भएको बताए । ‘प्रहरीले बिल ल्याउन भनेपनि अस्पतालले पैसा नतिरी बिल दिन नमिल्ने बताइ रहेको छ ।

कुटिएका मुसहर समुदाय भूमिहीन छन् । ऐलानी जग्गामा पूmसको घर छ । दिनभर कमायो भने राति चुल्हो बल्छ ।’ भुटाईका छिमेकी समेत रहेका दलित अगुवा बलराम सदाले भने,‘ अस्पतालमा धेरै आग्रह गरेपछि अस्पतालको लेटर प्याडमा औषधी बाहेक एक लाख २५ हजार खर्च भएको लेखेर दिएको छ, औषधी समेतको जोड्दा १ लाख ६० हजार भन्दा बढी पैसा तिर्न बाँकी छ ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE