बुधबार, मंसिर १०, २०७७
Wednesday, November 25, 2020

पत्रकार सार्कीलाई पत्नी शोक

धनगढी, ९ भदौ : नेपाल पत्रकार महासंघ बाजुराका सहसचिव तथा राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिका सचिव शेरबहादुर सार्कीलाई पत्नी शोक परेको छ । बाजुराको बुढीगंगा नगरपालिका १० निवासी पत्रकार सार्कीकी ३५ बर्षिया पत्नी पुनीदेवी सार्कीको सोमबार बिहान उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो ।

एक हप्ता देखि निमोनिया पीडित उनको नेपालगंज मेडिकल कलेजमा उपचार भईरहेको थियो । उनको आज कैलालीको गोदाबरीमा दाहसंस्कार गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्ला बाजुरामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका शेरबहादुर सार्की गोरखापत्र दैनिकमा कार्यरत छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE