बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

पत्रकार सार्कीलाई परेको पत्नी शोकप्रति शोक बक्तब्य जारी

धनगढी, ९ भदौ : राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिका सचिव शेरबहादुर सार्कीलाई पत्नी शोक परेको छ । पत्रकार सार्कीको पत्निको निधनप्रति राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिले शोक वक्तब्य जारी गर्दै मृतक परिवारजनमा गहिरो समबेदना ब्यक्त गरेको छ ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल सुदुरपश्चिम प्रदेश समिति अध्यक्ष रमा भट्टराई जैरुद्धारा जारी बक्तब्यमा भनिएको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल सुदुरपश्चिम प्रदेश कमिटीका सचिव शेरबहादुर सार्कीको पत्नी पुनीदेवी सार्कीको ३४ वर्षको उमेरमा नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा भएको असामयिक निधनको खबरले हामी स्तब्ध भएका छौं ।
यस दुखद् घडीमा अत्यन्तै गहिरो दुःख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं । साथै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना र सहानुभूति प्रकट गर्दछौं ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE