आइतवार, मंसिर १४, २०७७
Sunday, November 29, 2020

मुगुमा खाधान्न संकट

बसन्त बाघचन १५ भदौ : मुगुमा लकडाउनसंगै खाध्य संकट बढेको छ | स्थानीय बासि हरुले दैनिक खाध्याना जोहो गर्न सदरमुकाम गमगढी आउदा खाध्यान्ना बस्तु नपाइने र कहिँ कतै पाइयता पनि बजार भाउ फरक फरक हुने गरेको बजारमा कालो बजारी बढी रहेको छ  भने उता खाध्य सस्थानमा जादा पनि स्थानियको माग अनुसारको रासन खाध्य सस्थानले उपलब्ध नगराउने गरेको स्थानीय बासीको गुनासो छ|

वर्षा यामसंगै अबरुद कर्णाली राजमार्ग अबरुद् हुनुका साथै लामो समय सम्म भयको लक्डाउनका कारण यो वर्ष समयमै  खाध्यन्ना सामाग्री ढुवानी गर्न नपाउदा हाल आयर खाध्य संकट हुन गयको र स्थानीय बासीहरुको माग अनुसारको खाध्यान्ना उपलब्ध गराउन नसकेको खाध्य सस्थांन मुगुले जनायको छ |

खाध्य सस्थान मुगुमा हाल पाँच सय क्विन्टल चामल मौजुदा रहेको र खत्याड गाउपालिकाका लागि पन्ध्र सय क्विन्टल सोरु लागि पन्ध्र सय क्विन्टल करान गाउपालिकाका एक हजार क्विन्टल र छायानाथ रारा नगर पालिकाकालागि दुई हजार क्विन्टल गरि जम्मा छ हजार क्विन्टल खाध्याना हबाई मार्ग बाट भय पनि तत्काल जिल्लामा पुर्याउन गृह मन्त्रालयमा माग गरि सकेको प्रमुख जिल्ला अधिकारि कृष्ण कुमार निरौलाले जानकारी दिनु भयो|

मुगुमा खाध्य संकट नभएको बेला जनतालाई यहाका स्थानीय तहहरुले राहत वितरण गरेको र खाध्य संकटको बेला स्थानीय तह खबरबिहिन भयको जनताको गुनासो छ भने स्थानीय तहले जनताको बिकास निर्माणको लाखौ रकम कटौती गरि वितरण गरेको राहात यो बेला अर्थहीन भयको उपभोक्ताबादी हरुको भनाइ छ |

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE