बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु

धनगढी, २७ कार्तिक : कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ गोराङ्गेमा गएराति ८ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ४ प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टका अनुसार अन्दाजी ३५ वर्षीया ती महिलाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र चालक ३६ वर्षीय प्रेम साउदलाई नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता बिष्टले जानकारी दिए । महिलाको शव टीकापुर अस्पतालमै रहेको उनले जनाए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE