शुक्रबार, मंसिर १२, २०७७
Friday, November 27, 2020

डडेल्धुरामा कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढी, २७ कार्तिक : डडेल्धुरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–१२ का ६५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरी भट्टले पुष्टि बताए ।

उनका अनुसार संक्रमितको मृत्यु बुधबार भएतापनि संक्रमित मृतकको दोस्रो रिपोर्ट बिहिबार आएको थियो ।

मृगौलाका बिरामी रहेका उनी कोरोना पुष्टिपछि घरमै होम आइशोलेसन बसेका थिए । होम आइशोलेसनमा बसेका बेला उनको मृत्यु भएको हो ।

मृतकको शव बुधबार नै आफन्तले व्यवस्थापन गरेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE