मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

नयाँ व्यवस्था लागू भएपछि सम्बन्ध विच्छेदका मुद्धा बढे

चरिकोट २८ कार्तिक : दोलखामा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको छ । गतवर्षको यही अवधिको तुलनामा यो वर्ष त्यस्ता घटना बढेर १९ वटा मुद्दा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा पुरुषबाट ४७ र महिलाबाट ५५ मुद्दा जिल्ला अदालत दोलखामा दर्ता भएका थिए । यसमध्ये गतवर्षको जिम्मेवारी सरी आएको ५५ गरि कुल एकसय ५७ मुद्दा भएकामा ८९ थान मुद्दाको फैसला भैइसकेको र बाँकी ६८ मुद्दा विचाराधीन रहेको अदालतका स्रेस्तेदार सुमनप्रसाद कुसवाहाले जानकारी दिए ।

संविधानको मौलिक हकमा महिला र पुरुषलाई समान हक प्रदान गरिएकाले दुवैले मुद्दा दायर गर्न पाउनेछन् । अहिले देवानी संहिताको परिच्छेद ३ को दफा ९४ मा पुरुषले र दफा ९५ मा महिलाले सम्बन्ध विच्छेदका लागि सिधै अदालत जान पाउने अधिकार उल्लेख गरिएको छ । नयाँ व्यवस्थापछि मुद्दा बढेको पाइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE