शुक्रबार, मंसिर १२, २०७७
Friday, November 27, 2020

प्रहारका प्रतिनिधिहरुले गरे रक्तदान

धनगढी २८ कार्तिक : कोरोनाको महामारीका बेला रगत अभाव भएपछि प्रहार संस्थाका प्रतिनिधिहरुले रक्तदान गरेका छन् । एक हप्ते आत्मरक्षा तालिमको समापन समारोहका उलपलक्ष्यमा संस्थाले विहिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

प्रहार संस्थाका संस्थापक प्रकाश कुुमार चन्दले आत्मरक्षा तालिमका प्रशिक्षक, सहभागि र सहभागिका अभिभावकहरुले रक्तदान गरेको बताउनुुभएको छ ।

उहाले सबैबाट ३१ पिन्ट रगत संकलन गरिएको जानकारी दिनुुभएको छ । संकलित रगतले धेरैको ज्यान जोगाउने बताउनुुभएको छ । उहाले आगामी दिनमा पनि संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने बताउनुुभएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE