मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

कमिट नेपालको सामाजिक लेखाजोखा तथा सार्वजनिकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज २९ मंसिर : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालले सामाजिक लेखाजोखा तथा सार्वजनिकरण कार्यक्रम सम्पन्न गरेको छ । “सामाजिक न्याय, आत्म सम्मान,सशक्तिकरण र रुपान्तरणका लागि सामुदायिक अभियान” भन्ने मूलनाराका साथ कमिट नेपालको आयोजनामा आर्थिक बर्ष ०७६/०७७ को सामाजिक परिक्षण सम्पन्न भएको हो ।

कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीको अध्यक्षतामा बाँकेको नेपालगन्जमा सम्पन्न सामाजिक लेखाजोखा तथा सार्वजनिकरण कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका उप—प्रमुख उमा थापा रहनु भएको थियो । उक्त कार्यक्रममा बादी समुदायका अगुवा २५ र अन्य सरोकारवाला निकायका १० जना गरि जम्मा ३५ जनाको सहभागिता रहेको थियो ।

संस्थाको पारदर्शिता र जवाफ देहिताका लागि उक्त कार्यक्रम गरिएको सो संस्थाका अध्यक्ष प्रकाश नेपालीले बताए । दलित महिला संघका अध्यक्ष निर्मला सुनार,समर्पण नेपालका अध्यक्ष मोहन वाल सोनखर, गैर सरकारी संस्थाका महासचिव आशिष वर्मा, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष रुपा गहतराज तथा डि.वाई.सि.एन.का सदस्य रितिक शाही लगाएतले मन्तव्य राख्नु भएको थियो ।

कमिट नेपालका कार्यकारी निर्देशक केशव नेपालीको प्रस्तुतीकरण रहेको सो कार्यक्रम कमिट नेपालका महासचिव जगदीश नेपालीले संचालन गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE