शुक्रबार, बैशाख ३, २०७८
Friday, April 16, 2021

माओवादी केन्द्रले अछाममा संगठन पुनर्गठन गर्दै

रमेश पुरुष,अछाम १० चैत्र : नेकपा माओवादी केन्द्र साँफेबगर नगर कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ । मंगलबार बसेको बैठक विभिन्न निर्णय गर्दै साँफेबगरमा सम्पन्न भएको हो ।

नगर कमिटी सह इन्चार्ज टंक रावलको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य झंकर साउँद भास्कर,अछाम जिल्ला पार्टी संयोजक झपट साउँद, जिल्ला कमिटी सचिवालय सदस्य लोक बहादुर बोहरा,सुरत भुल,निर्मला साउँद, रंग ठकुल्ला,गंगा रावत, पूर्ब जिल्ला कमिटी सचिवालय सदस्य मनोज रावल लगाएको उपस्थिति रहेको थियो ।

बैठकले साँफेबगरमा पार्टी कार्यालय स्थापना र नगरका १४ वटै वडामा संगठन पुनर्गठन गर्ने जस्ता निर्णय गरेको छ।

निस्वार्थ भावनाले नेता, कार्यकर्ता मिलेर पार्टी बलियो बनाउने, निस्कृय कार्यकर्ताहरुसंग समन्वय गरेर संगठन बिस्तार गर्नुपर्ने जिल्ला संयोजक साउँदले चिार व्यक्त गरेको थिए । साँफेबगर नगर कमिटी सदस्य दिपक सुनारले स्वागत मन्तव्य राखेका थिए भने बैठकको संचालन सचिब प्रेम बिकले गरेका थिए ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE